सहकारी बचतकर्ताको रकम फिर्ताको दिगो समाधान के ? (अन्तरवार्ता)

अनलाइनसमय |
२८ कार्तिक २०८२
सहकारी बचतकर्ताको रकम फिर्ताको दिगो समाधान के ? (अन्तरवार्ता)

काठमाडौं, २८ कात्तिक । नेपालको वित्तीय प्रणालीमा बैंक तथा वित्तीय संस्था जस्तै सहकारीको पनि महत्वपूर्ण भूमिका छ । अझ नेपाली अर्थतन्त्रमा सहकारीलाई तीन खम्बे अर्थनीतिको एक हिस्सा मानिएको छ । शहरदेखि ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच पु¥याउन सहकारीको ठूलो योगदान छ । तर विडम्बना यो क्षेत्र अहिले सबैभन्दा धेरै समस्या र चुनौतीको घेरामा छ ।

स्वनियमनमा चल्ने संस्था भनिए पनि सहकारीहरू सहकारीको मूल्य मान्यताबाट विचलित भए । फितलो नियमन र सहकारी सिद्धान्तविपरीत सञ्चालन हुँदा सहकारीमा लाखौं सर्वसाधारणको बचत डुबेको छ । सरकारले लामो समयसम्म पनि सरकारी क्षेत्रको समस्या समाधान गर्न सकेको छैन । बचतकर्ताको अर्बौंको बचत डुब्दा उनीहरूले कहिले पैसा फिर्ता पाउँछन्, टुंगो छैन । यसले सहकारी क्षेत्रप्रति नै नागरिकको विश्वास गुम्दै गएको छ र समग्र अर्थतन्त्रको आधार नै खलबलिएको छ । पछिल्लो समय यस क्षेत्रको समस्या समाधानका लागि सरकारको प्रयास देखिन्छ ।

सहकारी ऐन संशोधनदेखि बचत तथा ऋण सहकारीको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनसम्म भएको छ । सहकारी अभियानको माग अनुसार नै गठित यस निकायको कामलाई स्वयं सहकारी अभियानले कसरी लिएको छ त ? सहकारीमा देखिएका समस्या के हुन् र तिनको दिगो समाधान कसरी हुन सक्छ त ?

यस बारेमा गत बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालसँग गरिएको कुराकानी यस्तो छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस