काठमाडौं, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।
विघटित प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक रहेका परियारले शुक्रबार पार्टीबाट राजिनामा दिएका हुन् । छुट्टै राजनीतिक अभियान सुरु गर्नका लागि पार्टी परित्याग गरेको उनले जानकारी दिए ।
उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।
यसअघि निवर्तमान प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् ।