कोशी प्रदेश : कृषि क्षत्रफल २.८० प्रतिशतले ह्रास, बढ्यो उत्पादन

अनलाइनसमय |
३ मंसिर २०८२
कोशी प्रदेश : कृषि क्षत्रफल २.८० प्रतिशतले ह्रास, बढ्यो उत्पादन

काठमाडौं, ३ मंसिर । कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल २.८० प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८१/८२’ का अनुसार यस प्रदेमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १० लाख १२ हजार ३ सय ३९ हेक्टर कायम भएको छ । जुन अघिल्लो आवको तुलनामा २.८० प्रतिशतले कम हो ।

गत अर्थिक वर्ष (आव) २०८१/८२ मा कोशी प्रदेशमा कृषि क्षेत्रफल घटेपनि उत्पादन भने बढेको छ । सो वर्षमा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन ५५ लाख ७ हजार ५ सय ८३ मेट्रिक टन पुगेको छ, जुन अघिल्लो आवको तुलनामा २.१४ प्रतिशतले बढी हो । गत आवमा विशेष गरी धान, मकै, भटमास, उखु, तरकारी, फलफूल तथा कफीको उत्पादन बढेकाले कोशी प्रदेशमा समग्र कृषि बालीको उत्पादन बढेको देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

स्रोत : नेपाल राष्ट्र बैंक

गत आवमा कोशीमा खाद्य, नगदे तथा अन्य बालीको उत्पादन ४२ लाख ४४ हजार २ सय २७ मेट्रिक टन पुगेको छ, जुन अघिल्लो आवको तुलनामा २.४५ प्रतिशतले बढी हो । आ.व. २०८१/८२ मा धान २.१६, मकै ९.२४, भटमास १.०९ र उखुको उत्पादन ४.२४ प्रतिशतले बढेको छ भने गहुँ ४.६५, कोदो १३.५२, जौ २४.५६, फापर ३.८६, सुर्ती १४.२९ र आलुको उत्पादन ०.५७ प्रतिशतले घटेको छ ।

प्रमुख खाद्य तथा अन्य बालीको उत्पादनमध्ये धान उत्पादनको हिस्सा सबैभन्दा बढी ३४.५५ प्रतिशत रहेको छ भने मकै उत्पादनको हिस्सा २३.५६ प्रतिशत, कोदो उत्पादनको हिस्सा २.१६ प्रतिशत, आलु उत्पादनको हिस्सा २५.५३ प्रतिशत, गहुँ उत्पादनको हिस्सा ३.३३ प्रतिशत रहेको छ ।

कोशीका कुन जिल्लामा कति भयो उत्पादन ?

स्रोत : नेपाल राष्ट्र बैंक

 

यसैगरी गत अर्थिक वर्ष (आव) २०८१/८२ मा कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८७.४६ प्रतिशत, तरकारी तथा बागवानी बालीको हिस्सा ५.२५ प्रतिशत, फलपूmलको हिस्सा २.९७ प्रतिशत, मसला बालीको हिस्सा २.७७ प्रतिशत र चिया तथा कफीको हिस्सा १.५५ प्रतिशत रहेको छ । कृषि उपजले ढोकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१.६० प्रतिशत रहेको छ ।

 

आव २०८१/८२ मा प्रदेशमा खाद्य, नगदे तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल ८ लाख ८५ हजार ३ सय ८९ हेक्टर कायम भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.२६ प्रतिशतले कम हो ।

कोशीका जिल्लामा कृषि उपजले ढाकेको क्षेत्रफल :

स्रोत : नेपाल राष्ट्र बैंक

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस