६.०२ प्रतिशतले घट्यो कोशीमा कृषि कर्जा

अनलाइनसमय |
३ मंसिर २०८२
६.०२ प्रतिशतले घट्यो कोशीमा कृषि कर्जा

काठमाडौं, ३ मंसिर । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८१/८२’ का अनुसार गत आवमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशमा कृषि क्षेत्रमा ५६ अर्ब ३० करोड ३२ हजार रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन अघिल्लो आवको तुलनामा ६.०२ प्रतिशतले कम हो । अघिल्लो आवमा यस क्षेत्रमा ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

२०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न शीर्षकहरूमा जिल्लागत रुपमा प्रवाहित कर्जामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी २० अर्ब ३३ करोड २४ लाख ३९ हजार (३६.११ प्रतिशत) र सोलुखुम्बु जिल्लामा सबैभन्दा कम रु.३३ करोड ६० हजार (०.५९ प्रतिशत) रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस