४.९८ अंकले घट्यो नेप्से, ८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

अनलाइनसमय |
३ मंसिर २०८२
४.९८ अंकले घट्यो नेप्से, ८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, ३ मंसिर । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४ दशमलव ९८ अङ्कले घटेर दुई हजार ५६१ दशमलव ०८ बिन्दुमा कायम भएको हो ।

आज ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब १० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ७७ धितोपत्रको शेयर मूल्य बढ्दा १७० को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३८ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार १३ समूहको उपसूचकमध्ये ९ को घटेको छ भने चार उपसूचक मात्र बढेको छ ।

यस्तै विकास बैंक १ दशमलव ०९, फाइनान्स शून्य दशमलव ६८, निर्जीवन बीमा शून्य दशमलव ५७, जीवन बीमा शून्य दशमलव ५३, अन्य शून्य दशमलव ४७, लगानी शून्य दशमलव ४४, बैंकिङ शून्य दशमलव १६, हाइड्रोपावर शून्य दशमलव १४, माइक्रोफाइनान्स समुहको उपसूचक शून्य दशमलव ०८ प्रतिशतले बढेको छ ।

आज आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा मावुलिङ इनर्जी, बुङ्गल हाइड्रो, दरम खोला हाइड्रो इनर्जी, हिम स्टार ऊर्जा, सान्भि इनर्जी, सागर डिस्टीलरी, बन्दिपुर केवलकार एण्ड टुरिजम र झापा इनर्जी रहेका छन् ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक ६ दशमलव ०३, हिमालयन (८०-२०) ३ दशमलव ७७ र पिपुल्स हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ५८ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस