०.७९ अङ्कले घट्यो नेप्से, ४ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब ६८ करोडको कारोबार

अनलाइनसमय |
४ मंसिर २०८२
०.७९ अङ्कले घट्यो नेप्से, ४ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब ६८ करोडको कारोबार

काठमाडौं, ४ मंसिर । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले घटेर दुई हजार ५६० दशमलव २९ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार होटेल तथा पर्यटन १ दशमलव १६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३२, माइक्रोफाइनान्स शून्य दशमलव २७, व्यापार शून्य दशमलव १७, हाइड्रोपावर शून्य दशमलव ०९ र अन्य समूहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले बढेको छ ।

यसदिन फाइनान्स शून्य दशमलव ७१, लगानी शून्य दशमलव ५२, म्युचुअल फण्ड शून्य दशमलव ४१, बैंकिङ शून्य दशमलव ३४, निर्जीवन बीमा शून्य दशमलव ३३, विकास बैंक शून्य दशमलव ०८ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।

आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा धौलागिरी लघुवित्त, सागर डिस्टीलरी, बन्दिपुर केवलकार एण्ड टुरिजम र झापा इनर्जी रहेका छन् । यस्तै सिन्धु विकास बैंकको शेयर मूल्य ९ दशमलव ६ प्रतिशतले बढेको छ ।

यसैगरी बुङ्गल हाइड्रो ९ दशमलव ०५, सानिमा ग्रोथ फण्ड ५ दशमलव ७६, दरम खोला हाइड्रो इनर्जी ४ दशमल ९१, विकास हाइड्रोपावर ३ दशमलव ७९ र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ३ दशमलव ७२ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस