नेपालमा कस्तो छ बीमांकीय मूल्यांकनको अभ्यास ? (अन्तरवार्ता)

अनलाइनसमय |
५ मंसिर २०८२
नेपालमा कस्तो छ बीमांकीय मूल्यांकनको अभ्यास ? (अन्तरवार्ता)

काठमाडौं, ५ मंसिर । नेपालमा बीमांकीय मूल्यांकन, बीमांकी (एक्चुअरी) तथा बीमांकीय विश्लेषकको भूमिका, पेशागत अवस्था कुनै पनि अर्थतन्त्रमा बैंक तथा वित्तीय क्षेत्रको जस्तै बीमाको पनि महत्वपूर्ण भूमिका हुन्छ । र, बीमा प्राविधिक विषय पनि हो ।

बीमामा जान्नुपर्ने र बुझ्नुपर्ने विषय अनगिन्ती छन् । बीमाका यस्ता धेरै शब्द तपाईं हामीले पनि सुनेका हुन्छौं, तर त्यसको विस्तृत बुझाइ भने हुँदैन । बीमांकी तथा बीमांकीय मूल्यांकन पनि बीमा धेरै सुनिने शब्दावली हुन् । बीमा व्यवसायमा बीमांकीय मूल्यांकन र यो मूल्यांकन गर्ने जनशक्ति बीमांकी (एक्चुअरी)को ठूलो भूमिका हुन्छ । बीमांकीय मूल्यांकन भन्नाले बीमा कम्पनीको दायित्व, जोखिम र भविष्यका प्रतिबद्धताहरूको गणितीय हिसाब किताब हो । कम्पनी कति सबल, सक्षम छ, भविष्यका दाबी तिर्न सक्छ/सक्दैन भन्ने यसले निर्धारण गर्छ । यो मूल्यांकन गर्ने काम एक्चुअरी अर्थात् बीमांकीले गर्छन् ।

बीमांकीले बीमा कम्पनी (बीमक)को भावी प्रतिफल र दायित्वको निर्धारण कार्यमा प्रत्यक्ष योगदान दिएका हुन्छ्न् । बीमकले बहन गरेको जोखिम तथा दायित्वलाई समयमै निर्वाह गर्न वित्तीय व्यवस्थापन र जोखिम व्यवस्थापनका लागि उपयुक्त सुझाव सुझाव दिएर बीमांकीले बीमकलाई वित्तीय रूपमा सबल बनाउन सघाउँछन् । यसरी बीमा कम्पनीको जोखिम व्यवस्थापनमा बीमांकीहरूले महत्वपूर्ण भूमिका खेल्छन् ।
तर नेपालमा भने बीमांकी, बीमांकीय विश्लेषक जस्ता दक्ष जनशक्तिको अभाव रहेको बताइन्छ । आकर्षक पेशा मानिए पनि यसप्रति मानिसको रुचि नभएको हो वा थाहा नभएको ? बीमांकी, बीमांकी विश्लेषक जस्ता बीमाका दक्ष जनशक्ति उत्पादन हुन नसक्नुका समस्या र चुनौती के हुन् ? बीमांकीय मूल्यांकन, बीमांकी र बीमांकीय विश्लेषकसँग सम्बन्धित विविध विषयमा बुझ्न–बुझाउन आजको वित्तीय संवाद केन्द्रित हुनेछ ।

यस बारेमा गत बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल बीमांकी संघका कोषाध्यक्ष सोमराज शर्मासँग गरिएको कुराकानी यस्तो छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस