नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी भएसँगै गृह मन्त्रालय मातहत आयो गुप्तचर विभाग

अनलाइनसमय |
५ मंसिर २०८२
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी भएसँगै गृह मन्त्रालय मातहत आयो गुप्तचर विभाग

काठमाडौं, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो सोही सिफरिसअनुसार ‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश’ राष्ट्रपति पौडेलले जारी गरेका हुन् ।

राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गरेसँगै देशको एक मात्र गुप्तचर संगठन (राष्ट्रिय अनुसन्धान विभाग– राअवि) औपचारिक रुपमा गृह मन्त्रालय मातहत आएको छ ।

यसअघि १६ फागुन २०७४ मा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला प्रधानमन्त्री कार्यालय मातहत रहने व्यवस्था गरिएको थियो । विशेष सेना ऐनको दफा ४ मा प्रष्ट रूपमा राअवि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने उल्लेख थियो । अहिले त्यही व्यवस्थालाइं संशोधन गरेर यो विभागलाई पुनः गृह मन्त्रालय मातहत फिर्ता ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस