४ महिनामा भित्रियो १६ अर्ब १५ करोडको स्मार्टफोन

अनलाइनसमय |
७ मंसिर २०८२
४ महिनामा भित्रियो १६ अर्ब १५ करोडको स्मार्टफोन

काठमाडौं, ७ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो चार महिनामा १६ अर्ब बढिको स्मार्टफोन भित्रिएको छ ।

भन्सार विभागका अनुसार गत कात्तिकसम्ममा नेपालमा १६ अर्ब १५ करोड १८ लाख रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको हो । मोबाइल फोन डिजिटल पहुँचको प्रमुख साधनका रूपमा स्थापित भएसँगै आयात दरमा पनि निरन्तर बढेको देखिन्छ ।

आवको ४ महिनामा सो रकम बराबरको ९ लाख ४३ हजार ८२६ ओटा स्मार्टफोन आयात गरिएको छ । यसबाट सरकारलाई ३ अर्ब १ करोड ३१ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्क छ ।

सो अवधिमा नेपालबाट भने १० ओटा मात्र स्मार्टफोन निकासी गरेको छ । जसको २० लाख १९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस