काठमाडौं, ८ मंसिर । नेपाली भान्सामा छुट्टै महत्व राख्ने अचार विश्व बजारमा पनि लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय नेपालबाट अचार निकासी बढ्दै गएको तथ्याङ्कले नै देखाउँछ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो चार महिनामा १ लाख १ हजार ३१९ किलोग्राम (केजी) अचार निकासी भएको छ, जुन ६ करोड मूल्य बराबरको हो ।
गत आवको यसै अवधिको तुलनामा परिमाणका आधारमा ५ दशमलव २० प्रतिशतले अचारको निर्यात बढेको छ । गत आवको कात्तिकसम्ममा ८ करोड ७१ लाख रुपैयाँ बराबरको ९६ हजार ३०७ केजी अचार बाहिरिएको थियो । यद्यपि परिमाणका आधारमा अचार निर्यात बढे पनि मूल्यका आधारमा भने घटेको देखिन्छ ।
विशेषगरी नेपालबाट अष्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान लगायत मुलुकमा अचार निर्यात गरिँदै आएको छ । गत कात्तिकसम्ममा सबैभन्दा धेरै कोरियामा १ करोड २५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यस्तै अष्ट्रेलियामा १ करोड १३ लाख, क्यान्डामा ९६ लाख, अमेरिकामा ८४ लाख र इटलीमा ६३ लाख रुपैयाँ बराबरको अचार बाहिरिएको तथ्यांक छ ।
कुन देशमा कति अचार बाहिरियो ?
