यी हुन् व्यापार बचत र घाटामा रहेका प्रमुख १० मुलुक

अनलाइनसमय |
८ मंसिर २०८२
यी हुन् व्यापार बचत र घाटामा रहेका प्रमुख १० मुलुक

काठमाडौं, ८ मंसिर । चालूु आर्थिक वर्ष (आव) २०८२–८३ को चार महिनामा नेपालले १४३ मुलुकसँग व्यापार गरेको छ, जसमध्ये २९ मुलुकसँग मात्रै व्यापार बचतमा छ । बाँकी सबै मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको कात्तिकसम्ममा व्यापार बचतमा रहेका मुलुकमध्ये सबैभन्दा अगाडि डेनमार्क छ । सो अवधिमा नेपाल डेनमार्कसँग २७ करोड ४४ लाखभन्दा बढीको बचतमा छ । कात्तिकसम्ममा नेपालले डेनमार्कतर्फ ३२ करोड ४४ लाख मूल्यभन्दा बढीको वस्तु निर्यात गरेको छ भने ४ करोड ९९ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।

डेनमार्कपछि नेपाल सबैभन्दा धेरै रोमानियासँग बचतमा छ । चालू आवको कात्तिकसम्ममा नेपालले रोमानियातर्फ ८ करोड १२ लाखभन्दा बढीको वस्तु निर्यात गरेको छ भने १ करोड ३४ लाख मूल्य बराबरको वस्तु आयात गरेको छ । अर्थात नेपाल सो अवधिमा डेनमार्कसँग ६ करोड ७८ लाख रुपैयाँले बचतमा छ ।

नेपालको स्वीडेनसँग २ करोड ५० लाख मूल्य बराबरको व्यापार बचतमा छ । सो अवधिमा नेपालले त्यसतर्फ १३ करोड १९ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको गर्दा त्यहाँबाट १० करोड ६८ लाखको वस्तु आयात गरेको छ ।

यसैगरी चालू आवको कात्तिकसम्म नेपालले १४३ मलुकसँग व्यापार गर्दा ११९ मुलुकसँग व्यापार घाटा बेहोरेको छ । व्यापार घाटामा रहेका मुलुकमध्ये सबैभन्दा बढी छिमेकी राष्ट्र भारतसँग छ । चालू आवको कात्तिकसम्ममा नेपालले भारतसँग मात्रै २ खर्ब ६१ अर्ब ४१ करोडभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा नेपालले भारतबाट ३ खर्ब ३७ अर्ब ९२ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ भने भारततर्फ ७६ अर्ब ५० करोडको वस्तु निर्यात गरेको छ ।

भारतपछि नेपालले अर्काे छिमेकी मुलुक चीनसँग सबैभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । चालू आवको चार महिनामा नेपालले चीनतर्फ २ करोड ९८ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको गर्दा आया भने १ खर्ब ३२ अर्ब ५६ करोडभन्दा बढीको वस्तु आयात गरेको छ । अर्थात सो अवधिमा नेपालले चीनसँग १ खर्ब ३२ अर्ब २७ करोडभन्दा धेरैको व्यापार घाटा बेहोरेको छ ।

यस्तै अर्जेन्टिनासँग ३४ अर्ब ७२ करोड, युएईसँग २१ अर्ब ५६ करोड, इन्डोनेसियासँग ६ अर्ब ३६ करोड मूल्य बराबरको व्यापार घाटा बेहोरेको छ ।

नेपालले चालू आवको कात्तिक मसान्तसम्ममा ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ बराबरको घाटा बेहोरेको छ । सो अवधिमा ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भने ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस