सुमनराज अर्याल मुख्यसचिव नियुक्त

अनलाइनसमय |
८ मंसिर २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त

काठमाडौं, ८ मंसिर । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । अर्याल २८ औँ मुख्यसचिवमा नियुक्त भएका हुन् ।

हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण भोलि (मंगलबार) रातिदेखि अनिवार्य अवकासमा जाने भएकोले अर्याललाई आजै नियुक्त गरिएको हो ।

एकनारायण १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस