नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

अनलाइनसमय |
९ मंसिर २०८२
नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

काठमाडौं, ९ मंसिर । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने प्रक्रिया अन्तर्गत लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले अंकित दर १०० का दरमा १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।

उक्त शेयर निष्काशनका लागि नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको तर्फवाट प्रबन्ध संचालक रमेश कुमार भट्टराई तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले २०८२ मंसिर ८ गते नयाँ बानेश्वर, काठमाण्डौमा द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने छ ।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको हाल अधिकृत पूँजी १०० करोड तथा जारी पूँजी ५० करोड रहेको छ । कम्पनीले स्थापनाको तेस्रो वर्षबाट लगातार ६ वर्ष खुद मुनाफा आर्जन गर्दै आएको छ । गत वर्ष नगद लाभांस वितरण गरि यस वर्ष खुद मुनाफा जगेडा कोषमा सारेको र नेटवर्थ शेयरको अंकित मुल्य भन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको अध्यक्षमा पूर्व बैकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेका छन् । सम्झौता समाहरोहमा कम्पनीका शेयरधनी श्री विजय बहादुर शाह र श्री कमल पन्थीको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस