काठमाडौं, १० मंसिर । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ६१ अङ्कले बढेर दुई हजार ६६५ दशमलव ६ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १४२ धितोपत्रको शेयर मूल्य बढ्दा १०४ को घटेको छ । यस्तै ११ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२२ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार होटेल तथा पर्यटन शून्य दशमलव ९९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७४, माइक्रोफाइनान्स शून्य दशमलव ७१, व्यापार शून्य दशमलव ६८, बैंकिङ शून्य दशमलव ६६, अन्य शून्य दशमलव ४५, हाइड्रोपावर शून्य दशमलव २८ र विकास बैंक समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले बढेको छ ।
यसैगरी निर्जीवन बीमा शून्य दशमलव ३३, जीवन बीमा शून्य दशमलव ३२, लगनाी शून्य दशमलव १७, फाइनान्स शून्य दशमलव १६ म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ ।
आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा झापा इनर्जी, सागर डिस्टीलरी र स्वस्तिक लघुवित्त रहेका छन् । यस्तै श्रीनगर एग्रिटेक इन्ड्रस्टिज ९ दशमलव ९८ र रिभर फल्स पावरको शेयर मूल्य ९ दशमलव ६१ प्रतिशतले बढेको छ ।
आज बोटलर्स नेपाल (बालाजु) ३ दशमलव ९४, उन्नति सहकार्य लघुवित्त ३ दशमलव ८१, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड ३ दशमलव ६५ र बन्दिपुर केवलकार एण्ड टुरिजमको शेयर मूल्य ३ दशमलव ४७ प्रतिशतले ह्रास आएको छ ।