सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

अनलाइनसमय |
११ मंसिर २०८२
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, ११ मंसिर । नेपाली बजारमा केही दिन बढिरहेको सुनको मूल्य आज भने घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन बुधबार प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस