१०.४३ अङ्कले बढ्यो नेप्से, ६ अर्ब ६६ करोडको कारोबार

अनलाइनसमय |
११ मंसिर २०८२
१०.४३ अङ्कले बढ्यो नेप्से, ६ अर्ब ६६ करोडको कारोबार

काठमाडौं, ११ मंसिर । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७६ दशमलव ०३ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १३१ धितोपत्रको शेयर मूल्य बढ्दा १२१ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३३ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार बैंकिङ १ दशमलव ४६, म्युचुअल फण्ड शून्य दशमलव ७८, लगानी शून्य दशमलव ७२, होटेल तथा पर्यटन शून्य दशमलव ३३, विकास बैंक शून्य दशमलव १७, जीवन बीमा शून्य दशमलव १४, निर्जीवन बीमा शून्य दशमलव ०८ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।

यस्तै माइक्रोफाइनान्स शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव २६, व्यापार शून्य दशमलव १४ र अन्य समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले घटेको छ ।

आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सागर डिस्टीलरी, श्रीनगर एग्रिटेक इन्ड्रस्टिज, स्वस्थिक लघुवित्त र झापा इनर्जी रहेका छन् ।

यसैगरी फस्र्ट माइक्रो फाइनान्स लघुवित्त ७ दशमलव ७८, माहुली लघुवित्त ४ दशमलव १६, जोशी हाइड्रोपावर डेभलपमेन्ट ३ दशमलव ६१ र माया खोला हाइड्रोपावरको शेयर मूल्य २ दशमलव ९६ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस