शीर्ष नेतृत्व पक्राउपछि प्रभु बैंकको कामु सीईओमा निरज लम्साल

अनलाइनसमय |
१५ मंसिर २०८२
शीर्ष नेतृत्व पक्राउपछि प्रभु बैंकको कामु सीईओमा निरज लम्साल

काठमाडौं, १५ मंसिर । प्रभु बैंक लिमिटेडले नयाँ कार्यकारी नेतृत्वका रूपमा निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । सञ्चालक समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको बैंकले जनाएको हो ।

यसअघिका सीईओ अशोक शेरचन र डेपुटी सीईओ मणिराम पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएपछि बैंकले नयाँ नेतृत्व चयन गरेको हो । अनुसन्धान प्रक्रियाले बैंकको दैनिक सेवा सञ्चालनमा कुनै बाधा नआउने स्पष्ट पार्दै बैंकले सेवाग्राहीलाई ढुक्क भएर नियमित कारोबार गर्न आग्रह गरेको छ ।

हिजो अनामनगरस्थित केन्द्रीय कार्यालयबाट सीईओ, डेपुटी सीईओ र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ पक्राउ परेका थिए । यसअघि बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि कर्जा अपचलन सम्बन्धी मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धान हुँदै आएको सन्दर्भमा उच्च तहका अधिकारीहरू पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस