पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने कांग्रेसको निर्णय

अनलाइनसमय |
१५ मंसिर २०८२
पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो ।

बैठकले वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २१ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघ मसान्तसम्मका लागि थप गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस