यस्ता छन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)

अनलाइनसमय |
१६ मंसिर २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)

काठमाडौं, १६ मंसिर । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुवा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ । त्यस्तै बैठकले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णय गरेको मन्त्री खरेलले बताए ।

आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय बैठकले गरेको छ । यसैगरी श्रीलङ्कामा भीषण बाढीपहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरूप दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ ।

यी हुन् अन्य मन्त्रिपरिषद् बैठकका निर्णय :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस