तोलामा ८०० बढ्यो सुन, चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार

अनलाइनसमय |
१७ मंसिर २०८२
तोलामा ८०० बढ्यो सुन, चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं, १७ मंसिर । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा सुन आज तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन तोलामा २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यले भने लगातार नयाँ रेकर्ड बनाउँगदै गएको छ । अघिल्लो दिन मंगलबार प्रतितोला ३ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५५ रुपैयाँमा पुगेकोे महासंघले जनाएको छ । गत आइतबारदेखि चाँदीले दैनिक नयाँ रेकर्ड बनाइ बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस