बजारमा अधिक तरलता बढेपछि आज ६० अर्ब खिच्दै राष्ट्र बैंक

अनलाइनसमय |
१७ मंसिर २०८२
बजारमा अधिक तरलता बढेपछि आज ६० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं, १७ मंसिर । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ६० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

यसका लागि आज (बुधबार) मध्यान्ह २ बजेसम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रू. १० करोड रुपैयाँ र बढीमा रू. ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पुस १६ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

मंसिरयता मात्रै राष्ट्र बैंकले १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस