काठमाडौं, १७ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।
अख्तियारले अधिकारीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माणमा भएको अनियमितताको आरोपमा नियन्त्रणमा लिइएको हो ।
प्राधिकरणले भक्तपुरको नलिन्चोकस्थित आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । हेलिप्याड बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन नगरी अनियमितता गरेको उजुरीमा उल्लेख छ ।