ललितपुरमा जुवातास खेलिरहेका १० जना पक्राउ

अनलाइनसमय |
१८ मंसिर २०८२
ललितपुरमा जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं, १८ मंसिर । ललितपुरमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर महानगरपालिका–४ नखिपोट डेरा गरी बस्ने तनहुँ घर भएका ४१ वर्षीया बिन्दु राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा बिन्दु समेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार ५ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस