तोलामा ९ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
१९ मंसिर २०८२
तोलामा ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं, १९ मंसिर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस