सोयाबिन तेलको निकासी एक हजार २७ प्रतिशतले बढ्यो

अनलाइनसमय |
१९ मंसिर २०८२
सोयाबिन तेलको निकासी एक हजार २७ प्रतिशतले बढ्यो

काठमाडौं, १९ मंसिर । सोयाबिन तेलको निकासी अत्यधिक बढेको छ । चालू आर्थिक वर्ष (आव)को पहिलो चार महिनामा करिब ३८ अर्ब रुपैयाँको तेल बाहिरिएको छ ।

व्यापार तथा निकासी प्रवद्र्वन केन्द्रका अनुसार गत साउनदेखि कात्तिक मसान्तसम्ममा ३८ अर्ब ४३ करोड ३ लाख रुपैयाँ बराबरको तेल विदेशीएको छ, जुन गत आवको यसै अवधिको तुलनामा १ हजार २७ प्रतिशत बढि हो । २०८१/८२ को पहिलो ४ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँको मात्र निकासी भएको थियो ।

तथ्यांक अनुसार आवको कात्तिकसम्ममा नेपालले गरेको कुल ९३ अर्ब ४९ करोड रुपैयाँको वस्तु निर्यातमध्ये सोयाबिन तेलले मात्र ४१ दशमलव १ प्रतिशत हिस्सेदारी ओगटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस