लघुवित्तका वित्तीय सूचकमा सुधार, मौद्रिक नीतिको समीक्षाबाट कति उत्साह ? (अन्तरवार्ता)

अनलाइनसमय |
१९ मंसिर २०८२
लघुवित्तका वित्तीय सूचकमा सुधार, मौद्रिक नीतिको समीक्षाबाट कति उत्साह ? (अन्तरवार्ता)

काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकले आफूले नियमन तथा सुपरीवेक्षण गर्ने बैंक तथा वित्तीय संस्थालाई चार वर्गमा विभाजन गरेको छ । जसअनुसार वाणिज्य बैंकहरुलाई ‘क’ वर्ग, विकास बैंकहरुलाई ‘ख’ वर्ग, वित्त कम्पनीहरुलाई ‘ग’ वर्ग र लघुवित्त वित्तीय संस्थाहरुलाई ‘घ’ वर्गमा राखिएको छ । वित्तीय क्षेत्रमा यी चारओटै प्रकारका बैंक तथा वित्तीय संस्थाहरूको आ–आफ्नै महत्व र भूमिका छ । त्यसमा पनि ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच र वित्तीय समावेशीकरणमा लघुवित्त संस्थाहरूको ठूलो योगदान छ । लघुवित्त सेवालाई गरीबीसँग जुध्ने एउटा सशक्त माध्यम मानिएको छ । किनकि नेपालका दुर्गम भेग, ग्रामीण इलाकामा अन्य बैंकहरू नपुग्दा पनि लघुवित्तहरू पुगे, वित्तीय सेवा दिए र दिइरहेका छन् ।

गाउँ गाउँमा शाखा खोलेर विपन्न वर्गको बचत स्वीकार गर्ने र कर्जा लगानी गर्ने लघुवित्तहरूमा केही वर्षअघिसम्म विभिन्न समस्या देखिए । यस्ता संस्थाले अस्वस्थ प्रतिस्पर्धाका कारण आफ्नो सिद्धान्त बिर्सिएको र नाफामुखी बन्न थालेको आरोप पनि लाग्यो । तर नियामक निकायको नीतिनिर्देशन र संस्थाहरू स्वयम्को प्रयासले अहिले लघुवित्त पुनः लयमा फर्किन थालेको देखिएको छ । संस्थाहरूको वित्तीय सूचकहरूले त्यसको संकेत गरेका छन् । के लघुवित्तहरू अब साँच्चै समस्याहरूबाट माथि उठेका हुन् त ? कस्तो छ संस्थाहरूको पछिल्लो अवस्था ? ग्रामीण क्षेत्रको गरीब निवारण, उद्यमशीलता, महिलाको आर्थिक सामाजिक उत्थानमा लघुवित्तले कसरी सघाइरहेका छन् ? र, यसलाई कसरी बढाउन सकिन्छ ? यस विषयमा बिहीबार (हिजो) हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष वसन्त राज लम्सालसँग गरिएको कुराकानी यस्तो छ :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस