काठमाडौं १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले २३ मंसिरको वृहत प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले यस्तो आग्रह गरेका हुन् ।
उनले भने, ‘आयोजक राप्रपा हो । तर राप्रपाका मान्छे मात्रै हुँदैनौँ, राष्ट्रिय झण्डामा एकजुट भएर उपस्थित हुनुहोला ।’ जेनजी युवाहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको उनको भनाइ छ ।
संविधान संशोधनको माग गर्दै उनले प्रदेश खारेजी, हिन्दू राज्य, संवैधानिक राजा, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, भ्रष्टाचारीलाई आजीवन कारावास र जेनजी आन्दोलनको हत्यारालाई कारबाहीको माग राखे ।
त्यस्तै उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरूले आन्दोलन गर्न लागेको उनले बताए ।