हालसम्म ४.६५ लाख मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान, ५.५० लाख टनको लक्ष्य

अनलाइनसमय |
२१ मंसिर २०८२
हालसम्म ४.६५ लाख मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान, ५.५० लाख टनको लक्ष्य

काठमाडौं, २१ मंसिर । सरकारले हालसम्म ४ लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको जनाएको छ ।

सरकारले चालू आर्थिक वर्ष (आव)मा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य निर्धारण गरेको छ । रासायनिक मल आयातका लागि २८ अर्ब ८२ करोड बराबरको बजेट विनियोजन गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अनुसार यही मंसिर ११ गतेसम्म २ लाख ६६ हजार पाँच सय १० मेट्रिक टन रासायनिक मल आपूर्तिको क्रममा छ, जसमध्ये कृषि सामग्री कम्पनीले १ लाख ८० हजार चार सय ९१ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनले ८६ हजार १६ मेट्रिक टन रासायनिक मल आयात गरिरहेको छ ।

कृषि सामग्री कम्पनीले ८८ हजार दुई सय १३ मेट्रिक टन युरिया, ९२ हजार दुई सय ७८ मेट्रिक टन डीएपी मल आयात गरिरहेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनले २४ हजार चार सय ९८ मेट्रिक टन युरिया, ५३ हजार सात सय ९५ मेट्रिक टन डीएपी र सात हजार सात सय २५ मेट्रिक टन पोटास आयातको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

कति छ मौजदात ?
हाल सरकारसँग ६६ हजार ३३३ मेट्रिक टन रासायनिक मल मौज्दात छ, यसमध्ये युरिया ३१ हजार ४७४ मेट्रिक टन, डीएपी ४७ हजार ९५८ र पोटास ६ हजार ९०० मेट्रिक टन मौज्दात रहेको छ । कृषि सामग्री लिमिटेडसँग ५७ हजार ८१८ टन र साल्ट्र ट्रेडिङ कम्पनीसँग २८ हजार ५१४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

२.२५ लाख टन मल बिक्री
चालू आवको साउन देखि मंसिर ११ गतेसम्म २ लाख २५ हजार ५०९ मेट्रिक रासायनिक मल बिक्री गरिएको छ, जसमध्ये साल्ट ट्रेडिङ कम्पनीले ६५ हजार ४८० मेट्रिक टन र कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ६० हजार २८ मेट्रिक टन मल बिक्री गरेको मन्त्रालयले जनाएको छ । दुबै कम्पनी गरी चैतसम्ममा युरिया १ लाख ६ हजार ९६०, डीएपी १ लाख ११ हजार ९०७ टन र पोटास ६९ हजार मेट्रिक टन बिक्री गरिएको छ । यो परिमाणको मल गत आवको मौज्दात रहेको समेत गरी बिक्री भएको हो ।

यस्तै, आयातको क्रममा बाह्य मुलुकका विभिन्न मार्गमा एक लाख २० हजार पाँच सय ९७ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस