काठमाडौं, २१ मंसिर । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २१ दशमलव ४८ अङ्कले घटेर दुई हजार ६०९ दशमलव ६९ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ७ लाख १८ हजार ६१५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार हुँदा ५ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको थियो ।
आइतबार सबै समूहको उपसूचक घटेको छ । यसदिन हाइड्रोपावर सर्वाधिक १ दशमलव २२ प्रतिशतले ह्रास आएको छ ।
यसैगरी व्यापार १ दशमलव २१, माइक्रोफाइनान्स १ दशमलव ०४, होटेल तथा पर्यटन १ दशमलव २, फाइनान्स १, विकास बैंक र निर्जीवन बीमाको समान शून्य दशमलव ९३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९१, म्युचुअल फण्ड शून्य दशमलव ७१, जीवन बीमा शून्य दशमलव ५९, अन्य शून्य दशमलव १२, लगानी शून्य दशमलव ९ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ६ प्रतिशतले घटेको छ ।
आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा श्रीनगर एग्रिटेक इन्ड्रस्टिज, स्वस्थिक लघुवित्त र झापा इनर्जी रहेका छन् ।
यसदिन बुङ्गल हाइड्रो ८ दशमलव ५१, मावुलिङ इनर्जी ६ दशमलव ९८, सागर डिस्टीलरी ६ दशमलव ९, मिथिला लघुवित्त ५ दशमलव ९ र नारायणी डेभलपमेन्ट विकास बैंकको शेयर मूल्य ५ दशमलव २१ प्रतिशतले ह्रास आएको छ ।