रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आजदेखि आवेदन दिन मिल्ने

अनलाइनसमय |
२२ मंसिर २०८२
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आजदेखि आवेदन दिन मिल्ने

काठमाडौं, २२ मंसिर । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै आज (मंसिर २२ गते)देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले श्रम अनुमति प्राप्त गरेपछि विशेष श्रेणीका नेपाली श्रमिकहरूलाई आईपीओ उपलब्ध गराउन लागेको हो ।

यसअघि सार्वजनिक निष्काशनका लागि छुट्याइएको कुल साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता यस चरणमा खुला गरिएको छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि लगानीकर्ताले प्रतिशेयर ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ ।

बुक बिल्डिङ्ग प्रक्रियाअनुसार योग्य संस्थागत लगानीकर्तासँग शेयर बाँडफाँड गर्दा निर्धारण भएको ९१२ रुपैयाँ कटअफ मूल्यमा १० प्रतिशत छुट लागू गरेपछि अन्तिम बिक्री मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको हो ।

न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओ छिटोमा मंसिर २५ गतेसम्म खुला रहनेछ भने सो अवधिसम्म माग पुगेन भने पुस ७ गतेसम्म अवधि बढ्न सक्छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी निर्वाह गरेको छ । लगानीकर्ताले आस्बा स्वीकृत बैंक तथा वित्तीय संस्था, तिनका शाखा, तथा ‘मेरो शेयर’ मार्फत अनलाइन सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस