नेपाल बैंकका ग्राहक र कर्मचारीलाई क्यूरा हेल्थमा विशेष छुट

अनलाइनसमय |
२२ मंसिर २०८२
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई क्यूरा हेल्थमा विशेष छुट

काठमाडौं, २२ मंसिर । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थ प्रा. लि. ले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

गत शुक्रबार बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थ प्रा. लि को तर्फबाट प्रबन्धक श्री शीतल प्रसाद पोखरेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा (Sample coltection) को लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित)र विभिन्न हेल्थ प्याकेज मा लाग्ने शुल्कहरूमा बिल रकमको १२ प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस