तोलामा ७ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२२ मंसिर २०८२
तोलामा ७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २२ मंसिर । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आइतबार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस