काठमाडौं, २३ मंसिर । नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रा.लि. बीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
समझौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता भएका ग्राहकहरूले पाटन हेल्थ ल्याब प्रा.लि., थसिखेल, ललितपुरमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउनेछन् ।
त्यस्तै, प्याथोलोजि ल्यावको विविध सेवा –नमुना संकलनको लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित) र विभिन्न हेल्थ प्याकेज मा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।
सो सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले सोमबार (हिजो) हस्ताक्षर गरेका हुन् ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले पाटन हेल्थ ल्याब प्रा.लि. बाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।