काठमाडौं, २३ मंसिर । सरकारले सोमबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
मंगलबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय १८ वटासार्वजनिक गरेका हुन् ।
बैठकले कोलोम्बो प्लानको नवौं महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी स्वीकृत दिने निर्णय गरेको छ । त्यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने र तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा लगायतका निर्णय गरेको छ ।
यी हुन् अन्य निर्णय :

