उच्च कारोबारबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
५ वैशाख २०८२
उच्च कारोबारबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ चैत । बिहीबार उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज भने घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहिबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस