काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
सीके राउत नेतृत्वको जनमत र नाउपा पार्टी एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।
चौधरीलाई त्यहाँबाट डिल्लीबजार काराघार लगिएको छ ।
२०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए ।
उनलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले २०८० जेठ १५ गते गणतन्त्र दिवसका दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । त्यसपछि उनी डिल्लीबजार कारागारबाट ५ वर्ष ३ महिनाको जेल सजाय भुक्तान गरेपछि रिहा भएका थिए ।
तर, उनको रिहाईको भोलिपल्टै टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती कडायतले उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटउपर सुनुवाइ सकिएको छैन ।