काठमाडौं, १९ वैशाख । सरकारले फजुल खर्च रोक्न अनावश्यक भौतिक संरचनाको निर्माण खारेज गर्ने बताएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
पछिल्लो समय देशमा आर्थिक समस्या उत्पन्न हुँदै जाँदा सरकारले फजुल खर्च रोक्ने तथा यी भौतिक संरचनाको निर्माण कार्य गाभ्ने भएको छ ।