काठमाडौं, २१ वैशमख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । प्रहरी हिरासतमा रहेका उनीहरूमाथि अनुसन्धान गर्न म्याद थपका निम्ति अदालत लगिएको हो ।
गत चैत्र १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेका उनीहरूलाई पाँचौँ पटक म्याद थपका निम्ति अदालत लगिएको छ ।
राजावादी प्रदर्शनका जनकमान्डर भनिएका प्रसाईँविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, सङ्गठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ । मिश्रलाई भने राजद्रोह र सङ्गठित अपराधको मुद्दा चलाइएको छ ।