काठमाडौं, २५ वैशाख । राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै राजावादीहरूले जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका छन् ।
राजसंस्था पुनस्र्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।
‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ । हाम्रो आन्दोलन कुनै दल वा सरकारका विरुद्ध होइन ।’
घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् ।