नेप्से १२.०४ अङ्कले घटे पनि कारोबार रकम भने बढ्यो

अनलाइनसमय |
२५ वैशाख २०८२
नेप्से १२.०४ अङ्कले घटे पनि कारोबार रकम भने बढ्यो

काठमाडौं, २५ वैशाख । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ०४ अङ्कले घटेर दुई हजार ६६१ दशमलव ६० बिन्दुमा कायम भएको हो । हिजो नेप्से परिसूचक ६१ दशमलव २६ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ७ बिन्दुमा रोकिएको थियो ।

आज ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार १० अर्ब ५० करोड १० लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ९६ धितोपत्रको शेयर मूल्य बढ्दा १५० को घटेको छ । यसदिन कुल ३१५ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार फाइनान्सको उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव १६ प्रतिशतले बढेको छ । त्यस्तै २२, होटेल तथा पर्यटन शून्य दशमलव १३, माइक्रोफाइनान्स शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन शून् दशमलव ११, म्युचुअल फण्ड शून्य दशमलव ८ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले बढेको छ । यसदिन अन्य १ दशमलव ८८, व्यापार १ दशमलव ८५, विकास बैंक १ दशमलव १२, बैंकिङ शून्य दशमलव ७८, लगानी शून्य दशमलव ३४ र निर्जीवन बीमा समूहको उपसूचकमा शून्य दशमलव २४ प्रतिशतले ह्रास आएको छ ।

आज हाइड्रोपावर समूहको उपसूचक स्थिर छ ।

यसदिन चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा नेपाल माइक्रो इन्सुरेन्स,क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स, आम मेगाश्री र छ्याङ्दी हाइड्रोपावर रहेका छन् । त्यस्तै आईसीएफसी फाइनान्सको शेयर मूल्य ९ दशमलव ५६ प्रतिशतले बढेको छ ।

यस्तै नारायणी डेभलपमेण्ट बैंक ७ दशमलव ०६, सप्तकोशी डेभलपमेण्ट बैंक ६ दशमलव ३६, सिन्धु विकास बैंक ४ दशमलव ८३ र ग्रिन डेभलपमेण्ट बैंकको शेयर मूल्य ४ दशमलव ५१ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस