तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मूल्य

अनलाइनसमय |
२६ वैशाख २०८२
तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, २६ वैशाख । आइतबारदेखि लगातार बढिरहेको सुनको मुल्य आज भने घटेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार नेपाली बजारमा सुनको तोलामा १४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस