काठमाडौं, २८ वैशाख । चालू आर्थिक वर्षको गत चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ३९ प्रतिशत रहेको छ । यो गत आवको यसै अवधिको तुलनमा १ दशमलव २२ प्रतिशत कम हो । गतवर्षको चैतमा यस्तो मुद्रास्फीति ४ दशमलव ६१ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २ दशमलव ४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ९० प्रतिशत रहेको छ । गतवर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५मलव २२ प्रतिशत र ४ दशमलव २० प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ६३ प्रतिशत, फलफूलको ९ दशमलव ०७ प्रतिशत, दाल तथा गेडागुडीको ६ दशमलव ५८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५ दशमलव १६ प्रतिशतले बढेको छ । यसैगरी तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५ दशमलव ४ प्रतिशत, मरमसलाको २ दशमलव ३२ प्रतिशत र माछा तथा मासुको शून्य दशमलव ८९ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८ दशमलव ६९ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७ दशमलव ०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६ दशमलव ०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५ दशमलव ५९ प्रतिशत र सुर्तिजन्य पदार्थको ४ दशमलव ८३ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३ दशमलव ७८ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३ दशमलव २५ प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ९१ प्रतिशत, मधेश प्रदेशको ३ दमलव ५९ प्रतिशत, बागमती प्रदेशको २ दशमलव ८० प्रतिशत, गण्डकी प्रदेशको २ दशमलव ८३ प्रतिशत, लुम्बिनी प्रदेशको ३ दशमलव ११ प्रतिशत, कर्णाली प्रदेशको ३ दशमलव ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३ दशमलव ५१ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९५ प्रतिशत, तराईको ३ दशमलव ३१ प्रतिशत, पहाडको ३ दशमलव ४६ प्रतिशत र हिमालको ४ दशमलव ४७ प्रतिशत रहेको छ ।