काठमाडौं, ३० वैशाख । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो । इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरेको थियो । उक्त शेयरमा जेठ १९ सम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रद शेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।