१४.२४ अङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार

अनलाइनसमय |
३० वैशाख २०८२
१४.२४ अङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार

काठमाडौं, ३० वैशाख । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव २४ अङ्कले घटेर दुई हजार ६३४ दशमलव ८६ बिन्दुमा कायम भएको हो ।

आज २ करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड ४८ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार १० अर्ब २० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ७७ धितोपत्रको शेयर मूल्य बढ्दा १६८ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१४ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार १३ समूहको उपसूचकमध्ये १० को उपसूचक घटेको छ भने ३ समूहको उपसूचक बढेको छ । आज जीवन बीमा १ दशमलव ०८, विकास बैंक शून्य दशमलव ५५ र उत्पादन तथा प्रशोधन शून्य दशमलव २६ प्रतिशतले बढेको छ । यसदिन व्यापार २ दशमलव २३, होटेल तथा पर्यटन २ दशमलव ०२, फाइनान्स १ दशमलव ९४, हाइड्रोपावर १ दशमलव १२, लगानी शून्य दशमलव ७२, माइक्रोफाइनान्स शून्य दशमलव ६४, अन्य शून्य दशमलव ६३, निर्जीवन बीमा शून्य दशमलव ५७, बैंकिङ शून्य दशमलव ३२ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स र ओम मेगाश्री रहेका छन् । यस्तै जोशी हाइड्रोपावर डेभलपमेण्ट ६ दशमलव ७३, उन्नति सहकार्य लघुवित्त ५ दशमलव ८ र लुम्बीनि विकास बैंकको शेयर मूल्य ४ दशमलव २६ प्रतिशतले बढेको छ ।

आज गुराँस लघुवित्त ७ दशमलव ९३, नेपाल माइक्रो इन्सुरेन्स ६ दशमलव ३३, सिक्लेस हाइड्रोपावर ४ दशमलव ५९ र हिमालय ऊर्जा विकास कम्पनीको शेयर मूल्य ४ दशमलव ३८ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस