तोलामा ३ हजारले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२ जेठ २०८२
तोलामा ३ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं, २ जेठ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा ३५ सय रुपैयाँले घटेर १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस