काठमाडौं, ४ जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । अध्यक्ष श्रेष्ठले भने प्रदेश संसदीय दललाई लिखित पत्र पठाउँदै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कैलाश चौधरीलाई पठाउन निर्देशन दिएकी थिइन् ।
तर, श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले मन्त्रीमा चौधरीको नाम सिफारिस गरेको थियो ।
उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ ।