साँझ मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

अनलाइनसमय |
६ जेठ २०८२
साँझ मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिगषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका थिए । त्यसलगत्तै बैठक बोलाइएको हो । यसअघि नियमित रुपमा हिजो (सोमबार) बस्नुपर्ने बैठक बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।

आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको गभर्नर सिफारिस समिति बैठक पनि आजै बस्दैछ । मंगलबार अपराह्न ४ बजेपछि उक्त बैठक बस्दैछ । यो बैठकले गभर्नरका लागि नाम सिफारिस गरेमा आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना छ ।

गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ । उक्त सिफारिसका आधारमा मन्त्रिपरिषदले गभर्नर नियुक्ति गर्नेछ ।

सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ । यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले वैशाख २८ गते समितिबाट राजीनामा दिएका थिए ।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस