नेप्सेमा उच्च अङ्कको वृद्धि, सबै समूहका उपसूचक बढे

अनलाइनसमय |
६ जेठ २०८२
नेप्सेमा उच्च अङ्कको वृद्धि, सबै समूहका उपसूचक बढे

काठमाडौं, ६ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ५३ अङ्कले बढेर दुई हजार ६८१ दशमलव ३६ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड २७ लाख बराबरको कारोबार भएको छ । सोमबार ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज २२९ धितोपत्रको शेयर मूल्य बढ्दा १५ को घटेको छ । यस्तै एक धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१० धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार सबै समूहको उपसूचक बढेको छ । आज होटेल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक ३ दशमलव ६८ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक ३ दशमलव ०१, लगानी २ दशमलव ६३, बैंकिङ २ दशमलव १५, फाइनान्स २ दशमलव ६, हाइड्रोपावर २ दशमलव ६, निर्जीवन बीमा १ दशमलव ९३, उत्पादन तथा प्रशोधन १ दशमलव ७८, जीवन बीमा १ दशमलव ४४, माइक्रोफाइनान्स १ दशमलव ४३, व्यापार १ दशमलव ५, अन्य शून्य दशमलव ७७ र म्युचुअल फण्ड शून्य दशमलव ४ प्रतिशतले बढेको छ ।

आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सप्तकोशी डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक र ओम मेगाश्री रहेका छन् । यस्तै राप्ति हाइड्रोपावर एण्ड ग्रिन जनर ९ दशमलव ९७, ग्रिन डेभलपमेण्ट बैंकको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको छ ।

आज बारही हाइड्रोपावर पब्लिक ७ दशमलव ३९, विन नेपाल लघुवित्त ३ दशमलव १९ र रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य २ दशमलव ५४ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस