साढे चार गुणाले बढ्यो अचार निकासी

अनलाइनसमय |
८ जेठ २०८२
साढे चार गुणाले बढ्यो अचार निकासी

काठमाडौं, ८ जेठ । नेपाली अचारको स्वाद विश्व बजारमा लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय नेपालबाट अचार निकासी बढ्दै गएको तथ्याङ्कले नै देखाउँछ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव)को दश महिनामा १२ करोड ५९लाख रुपैयाँ बराबरको १ लाख ४२ हजार ३२९ किलोग्राम (केजी) अचार बाहिरिएको छ, जुन मूल्यका आधारमा गत साउनको तुलनामा साढे ४ गुणाले धेरै हो । आवको पहिलो महिना (साउन)मा २ करोड २३ लाख रुपैयाँको अचार निकासी भएको तथ्याङ्क छ ।

विशेषगरी नेपालबाट अष्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान लगायत मुलुकमा अचार निर्यात गरिँदै आएको छ । गत वैशाखसम्ममा अष्ट्रेलियामा ३ करोड ४४ लाख, अमेरिका २ करोड, २६ लाख, इटली १ करोड ८३ लाख, कोरिया १ करोड ५८ लाख, बेल्जियम १ करोड ३ लाख रुपैयाँको अचार बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस