काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाइएको छ ।
सोमबार उपमेयर डंगोलसहित कार्यपालिकाका ४० जना सदस्यहरूले ७ दिनभित्र बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र लेखेका हुन् ।
पत्रमा पौष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गनु पर्ने भए पनि शाहले बैठक बोलाएका छैनन् ।


